Incident Reports

क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्तमा तोडफोड, दुर्इ प्रहरी घाइते

2016-10-28

Bagmati, Bhaktapur, Madhyapur Thimi

मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन्। तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै शुक्रबार प्रहरी वृत्त थिमिमा घेराउ गरेका छन् । उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन्। घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन्। ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ। तोडफोडबाट करिब एक लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान प्रहरीको छ। तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media

0 Comments