Incident Reports

No translation available.

2016-10-28

भारतीय नागरिकले शुक्रबार वीरगन्ज-रक्सौल नाका ठप्प पारेका छन् । रक्सौलका स्थानीयवासीले नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित मितेरी पुलमा प्रदर्शन गर्दै वीरगन्ज-रक्सौल नाका दुई घण्टा ठप्प पारेका हुन् । वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रबाट संकलित फोहोर दशगजा क्षेत्रमा फालेर वातावरण प्रदुषित बनाएको भन्दै भारतीयले दशगजा क्षेत्रमा पर्ने नेपाली भूमीमै प्रवेश गरेर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म नाराबाजी र प्रदर्शन गर्दै नाका ठप्प पारेका हुन् । वीरगन्ज रक्सौल नाकामा रहेको मितेरी पुलमा सरिसवा नदी बचाऊ संघर्ष समिति रक्सौलका अगुवाइमा भारतीयले प्रदर्शन गर्दै नाका ठप्प पारेका हुन् । मितेरी पुलमा भारतीयको प्रदर्शनका कारण नाकामा सवारी साधनको आवागमन दुई घण्टा प्रभावित भएको थियो । प्रदर्शनमा सहभागी भारतीयले वीरगन्ज उपमहानगरपालिका कार्यालयविरुद्ध नाराबाजी गर्दै नगरपालिका कार्यालयको पुत्ला पनि दहन गरे । वीरगन्ज नगर क्षेत्रबाट दिनहु संकलन हुने फोहोर वीरगन्ज उपमहानगरपालिका कार्यालयले नेपाल भारतको सीमामा अवस्थित दशगजा क्षेत्र आसपासमा फाल्दै आएको छ । सीमा क्षेत्रमा फोहोर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले शुक्रबार बिहान मितेरी पुलमा कप्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ । दगशजा क्षेत्रमा वीरगन्ज उपमहानगरपालिका कार्यालयले दिनहु ट्याक्टरमा ल्याएर फालेको फोहोर र कचराको प्रदुषणका कारण रक्सौलवासीको जनजीवन अत्यन्त कष्कटर भएको भन्दै भारतीयले नाका ठप्प पारेका हुन् । वीरगन्ज उपमहानगरपालिका कार्यालयको विरोध स्वरुप दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा दुई घण्टा प्रदर्शन गर्दै धर्नामा बसेको सरिसवा नदी बचाऊ संघर्ष समिति रक्सौलका अध्यक्ष प्राध्यापक डाक्टर अनिल सिन्हाले बताए । दशगजा क्षेत्रमा फोहोर नफाल्न एक वर्ष पहिले पर्साका प्रमुख जिल्ला अधिकारी र दुई महिना पहिले वीरगन्ज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालालाई भेटेरै आग्रह गर ेपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर शुक्रबार प्रदर्शन गरिएको अध्यक्ष सिन्हाले बताए । ‘अहिले दिपावली र छठ पर्व आइसकेको छ, चाड पर्वका बेला पनि सीमा क्षेत्रमा फालिएको फोहोर र कचराको डङगुरको दुर्गन्धले रक्सौल बजारमा पनि बस्न समेत मुश्किल भइसकेको छ,’ अध्यक्ष सिन्हाले भने, ‘वीरगन्ज उपमहानगरपालिकाले सीमा क्षेत्रमा पुरा नगरहको फोहोर, कचरा मात्र नभइ मरेका पशुपंक्षीको सिनो पनि फाल्दै आएको छ, जसको दुर्गन्धले हामी आफनो घर भित्र पनि बस्न सक्ने अवस्था छैन।’ मधेस आन्दोलन ताका मधेसी दलले मितेरी पुलमा नाकाबन्दी गरेका बेला रक्सौलवासीले समर्थन र सहयोग गरेको निहुमा नेपाली निकायले त्यसैको रिस फेर्न अहिले नाकामा फोहोर फालेर भारतीयलाई दुख दिन खोजेको उनले बताए । उनले थपे ,‘तर हाम्रो यो प्रदर्शन कुनै राजनीतिक मक्दसले गरिएको होइन, हामीलाई फोहोरको दुर्गन्धबाट मुक्ति चाहिन्छ ।’ सीमा क्षेत्रमा फोहोर र कचरा फाल्ने काम नरोके छठ पछि मितेरी पुलमा धर्ना बसेर रक्सौल-वीरगन्ज नाका नै ठप्प पार्ने चेतावनी पनि उनले दिए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने मितेरी पुलमा प्रदर्शन गरेका भारतीयलाई सम्झाइ बुझाई गरेर फिर्ता पठाइएको बताए । उनले सीमा क्षेत्रमा अब देखि फोहोर नफाल्न र अहिले थुपारिएको फोहोर तत्काल व्यवस्थापन गर्न वीरगन्ज उपमहानगरपालिका कार्यालयलाइ निर्देशन दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments