Incident Reports

स्यालको आक्रमणबाट मृत्यु भएकालाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाम

2016-11-03

Madhes, Rautahat, Gaur

स्यालको आक्रमणबाट ज्यान गुमाएका गरुडा नगरपालिका ३ स्थित महमदपुरका शिक्षक बसन्त यादवलाई शहिद घोषणा र घाइते अरु डेढ दर्जनलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार तीन घण्टा चक्काजाम गरिएको छ । पीडितका आफन्तले स्यालको टोकाईबाट गम्भीर घाइते ५५ वर्षीय मगरु भन्ने रामफल महतोलाई टायरगाडासहित गरुडाको मुख्य बाटोमा राखेर बिहान ९ बजे देखि १२ बजेसम्म चक्काजाम गरेका थिए । पीडितपक्ष र स्थानीय प्रशासन बिच मृतकलाई सहिद घोषणा गर्नेबाहेक घाईते सबै १८ जनालाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछी चक्काजाम खुलाइएको थियो । बैठकमा सहभागी एसपी गणेश रेग्मीका अनुसार स्यालको आक्रमणबाट शिक्षक बसन्त यादवको मृत्यु हुनुका साथै अर्का घाईते रामफलको अवस्था नाजुक भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् । मानविय संवेदनालाई दृस्टीगत गर्दै घाईतेसबै १८ जनालाई सरकारी खर्चमा काठमाडौ पठाई उपचारको ब्यवस्था मिलाईएको रेग्मीले बताए । असोजको दोस्रो साता स्यालको आक्रमणबाट गरुडा नगरपालिका र अन्य केही ठाँउमा गरी २५ जना घाईते भएका थिए । घरमा चर्पीको अभावमा सौच गर्न खेतमा अथवा बाहिर गएको बेला उक्त घटना भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments