Incident Reports

जुवाडेलाई समात्न जाँदा गाउँले नै प्रहरीमाथि जाइ लागे

2016-10-28

Madhes, Parsa, Sakhuwa Prasauni

गएराति पर्साको बस्डिल्वा गाउँमा प्रहरी र गाउँलेबीच झडप भएको छ । जुवाडेहरूलाई समात्न गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली अपमानित भएर फर्किनुपरेको थियो । राति गाउँमा जुवा खेलिरहेको सूचना पाएर प्रहरी टोली गाउँ पुगेको थियो । एकजना जुवाडेलाई नगदसहित प्रहरीले समातेपछि सम्पूर्ण गाउँले दीपावलीमा जुवा खेल्न कसैले रोक्न नमिल्ने भनी प्रहरीमाथि जाई लागेका थिए । अस्थायी प्रहरी पोस्ट बढनिहारका प्रसनि चक्रबहादुर घले र हवलदार र सशस्त्र बेस क्याम्प बेल्वाका ५ जना सुरक्षाकर्मी जुवाडेलाई समात्न गएका थिए । जुवाडेलाई प्रहरीले समातेर लग्न खोज्दा गाउलेहरू आक्रोशित भई प्रहरीलाई घेरेर हातपात गरेका थिए । यस विषयमा पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले घटना साम्य भइसकेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments