A woman who was undergoing treatment at Narayani sub-regional hospital lost her life. The relatives of the female are saying she lost her life because of the carelessness of the doctors and other hospital staffs.
45-year-old Nirmala Shriwastab, a resident of Tulsibarwa VDC ward number 1 lost her life while undergoing treatment in ICU.
Family members, relatives and villagers of the dead performed a demonstration on Monday morning in the hospital premises.
नारायणी उपक्षत्रीय अस्पताल बिरगंजको आइसीयु कक्षमा उपचार गरिरहेकी एक महिलाको डाक्टर र नर्सको लापरवाहीका कारण मृत्यु भएको उनका आफन्तहरुले आरोप लगाएका छन् । पर्साको तुल्सिबरवा गाबिस बडा नम्बर १ बन्जरिकी ४५ वर्षिया निर्मल श्रीवास्तबको आइसीयु कक्षमा उपचारका क्रममा सोमबार बिहान पौने पाँच बजे मृत्यु भएको हो । काठमाडौँ गंगालाल हृदय केन्द्र आस्पतालमा उपचार गरिरहेको मुटु रोगको बिरामी निर्मलालाइ त्यहाका चिकित्सकले येही कार्तिक १८ गते शल्यक्रिया गर्नु पर्ने बताएका थिए । तर आइतबार नै स्वाथ्य अवस्थामा बिग्रिएपछि निर्मलालाई आइतबर बिहान ३ बजे तिर नारायणी उपक्षत्रीय आस्पताल्मा ल्याएर आइसीयु कक्षमा भर्ना गराएका थिए । आइसियु कक्षमा आइतबार राति डियूटीमा रहेका डाक्टर अजित साहको सिफारसिमा स्टाफ नर्स सुभद्रा श्रेष्ठले गलत औसधि खुवाएका कारण निर्मलको मृत्यु भएको मृतक महिलाकी दिदि अनापुरना श्रीवास्तबले बताईन । गंगालाल हृदय केन्द्रका दच्तार्ले नशाको औसधि खुवाउदै नाखुवाउनु भनेका थिए । तर डाक्टर अजित साहले नशाको सेरेनेस नामक औसधि जबर्जस्ति खुवाउन लगाए, त्यसैको असरले मेरो बहिनीको मृत्यु भएको हो । मृतक महिलाकि दिदि अनापुरनाले दाबी गरिन । आइसीयु कक्षमा रहेकी आमालाई आइतबरराति साढे १० बजे तिर भेट्न जाँदा कार्यरत नर्स र स्विपर्हरुले दुरव्यवहार गरेर फर्केदियेका मृतक महिलाका कानछा छोरा दिलिप श्रीवास्तबले बताय ।
मदिरा सेवन गरेर राति डियूटीमा खटिएका स्विपरले आइसियु कक्षको ढोकाबताई धकेलेर पठाईदिएका दिलीपको आरोप छ ।
आइसीयु कक्षमा कार्यरत दतार र नर्सको लापरवाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाउदै मृतकका आफन्त र गौलेहरुले होहल्ला गर्दै प्रदर्शन गरेका कारण आस्पताल परिसर सोमबार बिहान केहीबेर तनाबग्रस्त पनि बनेको थियो । आइसियु कक्षमा आएतबरराति डियुइमा रहेका दच्त्र अजित साहले भने महिलाको उपचारमा कुनै पनि लापरवाही नगरिएको बताय बिरामीको अवस्था जटिल भयेची मात्र उनका आफन्तले आएतबर बिहान तिन बजे आस्पतालमा ल्याएका र राति उपचारको क्रममा उनको मृत्यु भएको डाक्टर साहले जानकारी दिए ।
एक त् बिरामीको अवस्था निकै क्रिटिकल भएपछि आस्पताल्मा ल्याए, बिरामीको मुटुको चार ओत मध्ये तिन ओत बिग्रिएको थियो' उनले भने, ' सांझा देहि नै बिपी र पल्स शून्यकै बराबर थियो, तै पनि हामीले सकेको जति कोशिश गरेकै होउ । आएसियु कक्षमा डियूटीमा रहेकी स्टाफ नर्स सुभद्रा श्रेष्ठले बिरामीको अवस्था निकै जटिल भयेची डाक्टर सहले सेरेनेस ट्याब्लेट खुवाउन भनेपछि बिरामीलाई ट्याब्लेट खुवाएको बताईन ।उनले बिरामीको उपचारमा आफुहरुले कुनै लापरवाही नगरेको दाबी गरिन । मृतक महिलाका आफन्त र गौलेहरुले सोमाबर बिहान केहि बेर होहल्ला गरेपनि सम्झाई बुझाई गरेपछि उनीहरुले शव बुझेर लागेको बडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक जीवलाल चुडलिले जानकारी दिए ।