Incident Reports

Mugu DDC padlocked indefinitely

2016-11-18

Karnali, Mugu, Chhayanath Rara

The locals of Dhainkot, Kalai and Rara VDC have padlocked the District Development Office (DDC) for indefinite period. The service seekers’ works have been affected by the padlock. Officials at the DDC are not allowed to enter the office premises. The locals locked down the DDC demanding that three VDCs Dhainkot, Kalai and Rara be merged into one and named Rara Gaupalika. The locals have warned that they will organise an indefinite strike until their demands are addressed. The political representatives of the VDCs have resigned stating that the District level political parties Nepali Congress, CPN-UML, Maoists and Rastriya Prajatantra Party, among others, agreed for four VDCs, failing to address the demand of the locals of a single VDC. जिल्लास्थित धैनकोट, कालै र रारा गाविसका स्थानीयले रारा गाउँपालिकाको माग गर्दै शुक्रबार जिविसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । जिविसमा तालाबन्दी गरेपछि सेवाग्राहीको कामकाज प्रभावित बनेको छ । त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारी कार्यकक्षमा पस्न पाएका छैन् । तीन गाविसका स्थानीयले जिविस घेराबन्दी गरेका छन् । रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै रारा गाउँपालिकाको माग गर्दै त्यहाँका स्थानीयले जिविसमा तालाबन्दी गरेका छन् । माग पूरा नभएसम्म अनिश्चितकालीन आमहड्ताल गर्ने जनाएका छन् । तीन गाविसलाई जोडेर रारा गाउँपालिका माग गर्दै आएको एक साताभन्दा बढी भयो अझै हाम्रो माग सुनुवाई नहुँदा जिविसमा अनिश्चितकालीन तालाबन्दी गर्नु परेको रारा गाविसका धर्मराज शाहीले बताए । रारा गाउँपालिका माग गर्न तीन गाविसका स्थानीयले घरको काम छोडेर गमगढीमा आन्दोलन गर्न आएका छन् । माग पूरा नभएसम्म घर नफर्किने धैनकोट गाविसका देवीलाल मल्लले बताए । स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले मुगुको चार भेगको चार गाउँपालिका सिफारिस गरी आयोगमा पठाए पछि रारा, कालै र धैनकोट गाविसका स्थानीयले एक सातादेखि विरोध प्रदर्शन गर्दै आएका छन् । प्राकृतिक साधन जल, जमिन, जंगल, जडिबुटीले भरिपूर्ण भौगोलिक विकटता गरिबीको रेखामूनि रहेको तीन गाविसलाई जोडेर रारा गाउँपालिका घोषणा गर्नुपर्ने रारा, कालै र धैनकोट गाविसका स्थानीयको माग छ । जिल्लास्तरका कांग्रेस, एमाले र माओवादी, राप्रपा लगायत दलका नेताहरुले जनताको मागलाई ख्यालै नगरी ४ गाउँपालिकामा सहमत जनाएको भन्दै तीन गाविसका राजनीतिक प्रतिनिधिले पार्टीबाट राजीनामा दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis