Incident Reports

मुगु जिविसमा अनिश्चितकालीन तालाबन्दी

2016-11-18

Karnali, Mugu, Chhayanath Rara

जिल्लास्थित धैनकोट, कालै र रारा गाविसका स्थानीयले रारा गाउँपालिकाको माग गर्दै शुक्रबार जिविसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । जिविसमा तालाबन्दी गरेपछि सेवाग्राहीको कामकाज प्रभावित बनेको छ । त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारी कार्यकक्षमा पस्न पाएका छैन् । तीन गाविसका स्थानीयले जिविस घेराबन्दी गरेका छन् । रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै रारा गाउँपालिकाको माग गर्दै त्यहाँका स्थानीयले जिविसमा तालाबन्दी गरेका छन् । माग पूरा नभएसम्म अनिश्चितकालीन आमहड्ताल गर्ने जनाएका छन् । तीन गाविसलाई जोडेर रारा गाउँपालिका माग गर्दै आएको एक साताभन्दा बढी भयो अझै हाम्रो माग सुनुवाई नहुँदा जिविसमा अनिश्चितकालीन तालाबन्दी गर्नु परेको रारा गाविसका धर्मराज शाहीले बताए । रारा गाउँपालिका माग गर्न तीन गाविसका स्थानीयले घरको काम छोडेर गमगढीमा आन्दोलन गर्न आएका छन् । माग पूरा नभएसम्म घर नफर्किने धैनकोट गाविसका देवीलाल मल्लले बताए । स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले मुगुको चार भेगको चार गाउँपालिका सिफारिस गरी आयोगमा पठाए पछि रारा, कालै र धैनकोट गाविसका स्थानीयले एक सातादेखि विरोध प्रदर्शन गर्दै आएका छन् । प्राकृतिक साधन जल, जमिन, जंगल, जडिबुटीले भरिपूर्ण भौगोलिक विकटता गरिबीको रेखामूनि रहेको तीन गाविसलाई जोडेर रारा गाउँपालिका घोषणा गर्नुपर्ने रारा, कालै र धैनकोट गाविसका स्थानीयको माग छ । जिल्लास्तरका कांग्रेस, एमाले र माओवादी, राप्रपा लगायत दलका नेताहरुले जनताको मागलाई ख्यालै नगरी ४ गाउँपालिकामा सहमत जनाएको भन्दै तीन गाविसका राजनीतिक प्रतिनिधिले पार्टीबाट राजीनामा दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis