Incident Reports

भरुवा बन्दुक बरामद

2016-11-21

Province 1, Udayapur, Katari

कटारी नगरपालिका–१० सिषाघारी बस्ने ४६ बर्षीय नर बहादुर पुलामी मगरको घरबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । मगरले आइतबार बिरालोलाई भरुवा बन्दुकले मार्न खोज्दा निजको दाँया हातको हत्केलामा लागेर गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उक्त भरुवा बन्दुक बरामद गर्नुका साथै उनलाई उपचारको लागि घोपा अस्पताल धरानमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments