Incident Reports

क्याम्पसमा तालाबन्दी

2016-11-16

सूर्य नारायण सत्य नारायण यादव मोरबैता बहुमुखी क्याम्पस सिरहामा भएको चोरीको घटनाको छानविनको माग गर्दै विद्यार्थी संगठनहरुले बुधबार तालाबन्दी गरेका छन् । विद्यार्थीहरुले क्याम्प्स प्रमुखको कार्यकक्ष, लेखा शाखा र प्रशासन फाटमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा रहको कम्प्युटर ल्याबबाट मास्टर कम्प्युटर, प्रिण्टर र राउटर चोरी भएपनि क्याम्पस प्रमुख मौन रहेकोले तालबन्दी गर्न बाध्य भएको अनेरास्ववियू, नेवि संघ र अनेरास्ववियू क्रान्तिकारी सिरहाका विद्यार्थीहरुले बताए । उनीहरुले यसअघि आफूहरुले क्याम्पस प्रमुख रामहित यादवलाई ज्ञापन पत्र बुझाएर छानबिन गरि दोषीमाथि कडा कारबाहीको माग गर्दा समेत बेवास्ता गरेकोले तालबन्दी गर्न बाध्य भएको बताए । क्याम्पसमा २४ औं घण्टा पाले रहेको अवस्थामा चोरी हुन रहस्यमय घटना भएकोले आफूहरुले छानबिनको माग गरेको उनीहरुले बताए । उनीहरुले क्याम्पसमा २४ औं घण्टा पाले बस्नु र कम्प्युटर ल्याबको साचो ओडिएल कार्यक्रमका प्रमुख सहायक प्राध्यापक राजेश्वर यादवसँग मात्रै रहेको अवस्थामा चोरी भएकोमा क्याम्पस प्रमुख मौन बसेकोले उनको समेत चोरीमा संलग्नता रहेको आरोप लगाए । क्याम्पस प्रमुख यादवले उक्त घटनाको छानबिनका सहायक क्याम्पस प्रमुख जिबछ यादवको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिसकेको र समितिले दिएको प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने बताए । कम्पयुटर चोरीले क्याम्पसमा स्नातकोत्तर तहको दुर शिक्षा कार्यक्रम र स्नातक तहको कम्प्युटर साइन्स शिक्षाको कक्षा सञ्चालन प्रभावित भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments