Incident Reports

प्रहरी र आन्दोनकारीबिच झडप, आठ जना आन्दोलनकारी घाइते

2016-11-21

Karnali, Mugu, Chhayanath Rara

गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय मल्ल मेडिकलमा भइरहेको छ । त्यसैगरी सोही गाविस-४ का ३८ वर्षीय लोकबहादुर शाही, रारा गाविस-१ का ३२ वर्षीय हस्तबहादुर शाही, सोही ठाउँका २७ वर्षीय धर्मराज शाही, सोही गाविस-१ का २७ वर्षीय डबल बम, धैनाकोट गाविस-६ का २६ वर्षीय टाइगर मल्ल, सोही गाविस-२ का ४० वर्षीय देवीलाल मल्ल, सोही गाविस-१ का २८ वर्षीय शङ्कु मल्ल घाइते भएका छन् । घाइतेहरूको उपचार स्थानीय मेडिकलमा गरी फर्किसकेका उक्त आन्दोलनको नेतृत्वकर्ता दानबहादुर शाहीले जानकारी दिए । रारा, कालै र धैनकोट गाविसलाई रारा गाँउपालिकामा कायम गर्नुपर्ने माग राख्दै कात्तिक २२ गतेदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएका स्थानीयबासीद्वारा मङ्सिर ५ गतेदेखि सदरमुकाम गमगढीका सरकारी र गैरसरकारी कार्यालय बन्द गरेका थिए । सरकारी तथा गैरसरकारी कार्यालय बन्दको दोस्रो दिन मङ्सिर ६ गते सरकारी कार्यालय बन्द गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको स्थानीयबासी दानबहादुर शाहीले बताए । ०७३ कात्तिक २२ गते बसेको प्राविधिक समितिको बैठकले जिल्लाका चारओटा भेग सोरु, खत्याड, गम र करानलाई चार गाउँपालिका प्रस्ताव गरेको थियो । दलहरूको असन्तुष्टीलाई मेट्न चार भेगलाई आठ ओटा गाउँ पालिका प्रस्तावको विकल्प राखिएपछि सोरु भेगका धैनाकोट, कालै र रारा गाविसलाई सोरु भेगका अन्य चार गाविससँग जोडिएको गाँउपालिकासँग राखेको भन्दै ती गाविसलाई रारा गाँउपालिका कायम गरी छुट्टै ५ नम्बर गाँउ पालिकामा समेटनुपर्ने माग अगाडि सारिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Youth Killed 8
INSEC , Local Newspaper - Jumla

0 Comments

Related Trend Analysis