Incident Reports

नलकटुवा पेस्तोल सहित पक्राउ

2016-11-21

Madhes, Siraha, Mirchaiya

गोलबजार नगरपालिका–९ डण्डाटोलमा बस्ने २८ बर्षीय कमल यादब र २५ बर्षीय भाई बिमल कुमार यादबलाई प्रहरीले नलकटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । यादव दाजुभाई बीच लेनदेनको बिषयमा बादबिवाद भई कुटपिट भएको भन्ने खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बिमल कुमार यादबको घरमा नलकटुवा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्दा गोली नभएको खाली कटुवा पेस्तोल फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Morang

0 Comments