Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा सर्वसाधारणको मोटरसाइकलमा आगजनी

2016-11-21

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 2

Narayan Parajuli संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल नपा-५ बनकट्टी निवासी खडानन्द पाण्डेको मोटरसाइकललाई हरपुर गाविस-९ स्थित परासी-महेशपुर सडक खण्डमा आगजनी गरेको पीडितले बताए । भारतको ठुटीबारी बजारबाट गहुँको बीउ ल्याउँदै गर्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेको पीडितले बताए । संयुक्त मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले सो आगजनीको जिम्मा लिँदै संविधान संशोधन नगरिएसम्म मोर्चाका आन्दोलनका कार्यक्रमहरू जारी रहने बताए । दीपावली र छठ पर्वमा बन्द खुलाएको मोर्चाले मङ्सिर ५ गतेदेखि सशक्त बन्द गर्ने भनी गरेको घोषणाले जिल्लाको दक्षिणी क्षेत्र प्रभावित भएको छ । यसैबीच, सङ्घीय संरचना अनुसार स्थानीय तहको खाका तयार गर्न बसेको सर्वदलीय बैठकका क्रममा असन्तुष्टि जनाउँदै मधेसवादी दलका कार्यकर्ताले निर्णय पुस्तिका कब्जामा लिएका छन् । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी लालप्रसाद शर्मा पौडेलको अध्यक्षतामा मङ्सिर ६ गते जिल्ला विकास समितिमा बसेको बैठकमा सर्वदलीय बैठकका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरूले असहमति जनाउँदै बैठकको निर्णय पुस्तिका कब्जा गरेका थिए । बैठकमा सहभागी अन्य दलका प्रतिनिधिहरू सात वटा नगरपालिकालाई कायम राख्दै आठ वटा गाउँपालिका बनाउन सहमत भए पनि सीमाङ्कनको टुङ्गो नलागेसम्म स्थानीय तह बनाउन नहुने भन्दै मोर्चाका कार्यकर्ताहरूले विरोध गरिरहेका थिए । नारायण पराजुली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Trend Analysis