Incident Reports

लागूऔषध र गोलीसहित पक्राउ

2016-11-24

Lumbini, Nawalparasi West, Sarawal, Ward 6

 नवलपरासी, ९ मंसिर - रुपैलिया–३ बस्ने २२ बर्षीय अजय चौधरी र १८ बर्षीय धिरज चौधरीलाई प्रहरीले लागू औषध नाइट्रोभेट १ सय ३५ थान र म्यागनको जस्तो देखिने १ राउण्ड गोली सहित पक्राउ गरेको छ । लु.७ प ६५७६ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले विहिबार भुजहवा–२ कुटिचोकमा चेकजाँच गर्दा अजय चौधरीको साथबाट ७६ थान र धिरज चौधरीको साथबाट ६० थान लागू औषध नाइट्रोभेट बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments