Incident Reports

स्वचालित पेस्तोल लगायतका सामान सहित पक्राउ

2016-11-25

Madhes, Parsa, Birgunj

भारत बिहार घर भई बिरगंज उपमहानगरपालिका–१५ बस्ने ३७ वर्षीय मोहम्मद समिम अख्तरलाई प्रहरीले विहिबार सोही उपमहानगरपालिका–१० बाट स्वचालित पेस्तोल थान १, सोको खाली म्यागजिन २ थान, गोली १८ राउण्ड र लागुऔषध खैरो हिरोईन १९ ग्राम र Spasmo Proxyvon क्याप्सुल १६ वटा सहित पक्राउ गरेको छ । उक्त हतियार र लागूऔषध बरामद भएपछि प्रहरीले उनको कोठा तलासी गर्दा कटुवा पेस्तोल १ थान १, गोली ५ राउण्ड, बिभिन्न नम्बरका नेपाली तथा भारतीय सिमकार्ड १४ थान, बिभिन्न कम्पनीका मोबाईल थान ६, भारत सरकारको खाली सवारी साधनको ब्लु बुक ४ थान, छुटाछुट्टै नामको एकै ब्यक्तिको फोटो टाँसेको भारतीय निर्वाचन आयोगको पहिचान पत्र ३ थान, भारतीय स्मार्ट लाईसेन्स १ थान, भारतीय स्मार्ट ब्लु बुक २ थान, स्टेट बैंकको ए.टि.एम कार्ड १ थान, नेपाली रुपयाँ २४ हजार ४० र भारतिय रुपैयाँ ९ हजार ३ सय १० रुपैयाँ तथा बिभिन्न मितिमा बिरगंज भन्सार कार्यालयको गाडी प्रबेश गरेको भन्सार प्रज्ञापन पत्र र रसिद ५ थान समेत फेला परेको थियो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments