Incident Reports

संविधान संशोधन विधेयक दर्ता विरुद्ध बुटवलमा विरोध प्रदर्शन, यातायात ठप्प

2016-11-30

Lumbini, Rupandehi, Butwal

५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रिएका छन् । चक्काजामका कारण पूर्व-पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । सडकमा नाराजुलुस सहित टायर बालिएका छन् । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल-पहाड-तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । ५ नम्बर प्रदेश भूगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, संस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सीमांकन गरे देश नै टुक्र्याउन सक्ने उनीहरुको चेतावनी छ । बुटवलसँगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis