Incident Reports

बर्दियामा आजदेखि अनिश्चितकालीन चक्काजाम

2016-12-01

Lumbini, Bardiya, Rajapur

जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले आजदेखि अनिश्चितकालीन चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ । खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै मंगलबार पनि गुलरिया-राजापुर-कोठियाघाट स्थानीयले सडक जाम गरेका छन् । आज ८ बजेदेखि सुरु भएको चक्का जामका कारण कुनै सवारीसाधन चलेका छैनन् । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा खलल आउन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन गरेको जनाएको छ। संर्घष समितिका सदस्य दयाशंकर चौधरीले सीमांकन सिफारिसमा खैरीचन्दनपुर गाविस वडा नम्बर १० अन्तर्गत राजापुरमा राखिएकोमा पुन: सच्च्याएर गेरुवा गाउँपालिकामा गाभिएको विरुद्ध चक्काजाम गरेको बताए । आफ्ना माग प्रति वेवास्ता गरिए अझै सशक्त आन्दोलन गर्दै जाने संर्घष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Trend Analysis