Incident Reports

बुढीगण्डकी कार्यालयमा ताला लगाउने क्रममा झडप

2016-12-01

Gandaki, Gorkha, Gandaki

उचित मुआव्जा नपाएको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले गोरखाको घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । तालाबन्दी गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी हवल्दार धनसिंह गुरुङ सहित पाँच जना स्थानीय घाइते भएका छन् । सुरक्षाको घेरा ताडेर कार्यालयमा जवरजस्ती ताला लगाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए । त्यस्तै भिड नियन्त्रण गर्नका लागी ३४ राउण्ड भन्दा बढि अश्रु ग्यास प्रहार गरिएको थापाले जानकारी दिए । ‘सरकारी कार्यालयमा ताला नलगाउनुस् भनेर हामीले बारम्वार आग्रह गर्‍यौं’ डिएसपी थापाले भने ‘तर उहाँहरु मान्नुभएन र जवर्जस्ती सुरक्षा घेरा तोडेर कार्यालयमा ताला लगाउन खोजेपछि बाध्य भएर लाठीचार्ज गरेका हौं ।’ लाठीचार्ज पछि तितरवितर भएको भिडले कार्यालयमा ढुङ्गामुढा गरेको थियो । ढुङ्गा प्रहारबाट कार्यालयको १४ वटा भ्यालको सिसा र दुइ वटा भित्तामा क्षति पुगेको छ । कार्यालय तोडफोड गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुआर्वाङ-९ का बिकास दाहाल, बोर्लाङ-७ का नवराज ढकाल, नाम्जुङ्ग-१ का सुनिल माझी, आरुचनौटे-१ का ज्ञान बहादुर गुरुङ, बोर्लाङ-८ का राजन कुमाल र धादिङका का दिपेन्द्रप्रसाद पाण्डे छन् । सरोकार समिति आहृवान अनुसार आज गोरखा र धादिङका २७ गाविसका १ हजारभन्दा बढी स्थानीयहरु आयोजनाको कार्यालयमा उपस्थित थिए । सरोकार समितिले सरकारले निर्धारण गरेको मुआब्जा बितरण बैज्ञानिक नभएको र उचित मुआब्जाको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । उनीहरुले सरकारले मुआव्जा बितरणको निर्णय पुनर्बिचार नगरेसम्म मुआब्जा वापतको रकम नबुझ्न सरोकारवाला सबैमा आहृवान गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 300
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments