Incident Reports

पुनर्संरचना सिफारिसको विरोधमा प्रदर्शन

2016-12-20

Gandaki, Tanahun, Shuklagandaki

स्थानीय तह पुनसंरचनामा चित नबुझेपछि विभिन्न ठाउमा प्रदर्शन हुन् थालेको छ। कतै गाविसका वडा टुक्र्याएको त् कतै केन्द्र पायक नपरेको भन्दै विरोध हुने गरेको हो। सरकारले सिमांकन संशोधन प्रस्तावमा नवलपरासीदेखि बर्दियासम्मा थरुहट प्रदेश बनाउने र नवलपुर क्षेत्रलै ५ नम्बर प्रदेशमा गाभ्ने गरेको गृहकार्यको नवलपरासीले विरोध गरेका छन। नवलपरासीले डेढगाउँ, जौबारी, नरम, रुचंग, भरतिपुर, मिथकरम, कोटथर, रकवालाइ प्रदेश न. ५ मा राख्दै संविधान संशोधन गर्न खोजिएकोले विरोध स्वरुप आन्दोलनमा उत्रिनु परेको सर्वदलीय संघर्स समितिका संयोजक इशवर श्रेष्ठले बताए। नवलपरासी जिल्लाको नवलपुर र पहाडी क्षेत्रको भूगोल प्रदेश न. ४ मा नै रहनुपर्ने भन्दै हामीहरु आन्दोलनमा उत्रिएका छौ' उनले भने। संघर्ष समितिले विरोध स्वरुप मंगलबार दुइघण्टा तनहुँ जिल्लाको खौरनिटार मिलडाँडामा पृथ्वीराजमार्ग अवरुद्ध परेको थियो। नवलपरासीको त्रिवेणी, देउन्नेदेखि पुर्व गैडाकोटसम्म प्रदेश न. ४ मा नै हुनुपर्ने माग राखेका उनीहरुले माग सम्बोधन नगरीए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments

Related Trend Analysis