Incident Reports

Arson attempt at UML office

2016-11-30

An attempt was made to set fire to the party office of CPN-UML in Parasi, the district headquarters of Nawalparasi, on Wednesday. The arsonists had poured petrol on the office window and set it on fire. Thankfully, a group of locals put out the fire before it could cause serious damage, said Tulsi Pasi, the UML Parasi coordinator. The UML has denounced the incident and demanded the authorities to investigate. नवलपरासीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी प्रयास भएको छ । सदरमुकाम परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमालेले जनाएको छ । मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए । रातिको समयमा आगो लगाइएकोले कसले र किन आगो लगायो भन्ने बारेमा जानकारी नभएकोे पासीले बताए । सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुनसक्ने संयोजक पासीले बताए । आगजनीका कारण दुई तले एमाले पार्टी कार्यालयको भुइतलाको झ्याल डढेको छ भने सिसा फुटेका छन् । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको एमाले नवलपरासीले जनाएको छ । नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो । २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis