Incident Reports

नवलपरासी एमाले पार्टी कार्यालयमा आगजनी प्रयास

2016-11-30

नवलपरासीस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी प्रयास भएको छ । सदरमुकाम परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमालेले जनाएको छ । मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए । रातिको समयमा आगो लगाइएकोले कसले र किन आगो लगायो भन्ने बारेमा जानकारी नभएकोे पासीले बताए । सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुनसक्ने संयोजक पासीले बताए । आगजनीका कारण दुई तले एमाले पार्टी कार्यालयको भुइतलाको झ्याल डढेको छ भने सिसा फुटेका छन् । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको एमाले नवलपरासीले जनाएको छ । नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो । २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis