Incident Reports

हिरमिनियामा फेरी तालाबन्दी

2016-09-20

Lumbini, Banke, Duduwa

स्थानीय तह सिमांकनमा हिरमिनिया गाविसलाई नेपालगन्ज उपमहानगरपालिकामा गाभ्ने निर्णय गरिएकोमा स्थानीय बासिन्दा फेरी आन्दोलित भएका छन् । केहिदिन अघि स्थानीय निकाय पुन : संरचना प्राविधिक सहयोग समितिले हिरमिनिया गाविसलाई नेपालगन्जमा गाभ्ने प्रस्ताव अघि बढाएको थियो । हिरमिनियाका राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी लगायतको भेलाले हिरमिनिया गाउपालिका निर्माण संघर्स समिति गठन गरी आन्दोलन थालेको हो । स्थानीय सुभाषसिंह ठाकुरको संयोजकत्वमा गठित संघर्ष समितिले पहिले पनि गाबिस कार्यालयको कामकाज ठप्प पारी तालाबन्दी समेत गरेको छ । अहिलेसम्म माग पुरा नभएको र माग प्रती बेवास्था गरेकाले फेरी तालबन्दी गरेको स्थानिय आन्दोलनकारीहरुको भनाइ छ । संघर्ष समितिले हिरमिनियालाई गाउपालिका बनाउन माग गर्दै जिल्ला विकास समिति मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । हिरमिनियाबासीले निमित स्थानीय विकास अधिकारी एवम् जिल्ला प्राविधिक कार्यालयका प्रमुख गौरी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । केही सिमित दलले आफ्नो स्वार्थपूर्तिका लागि गरेको निर्णय आफुलाई मान्य नहुने ज्ञापनपत्र उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis