Incident Reports

लमजुङमा मध्यनेपाल नगरपालिका बन्द

2016-12-08

Gandaki, Lamjung, Madhya Nepal

पुनर्संरचनाको विषयलाई लिएर लमजुङको मध्यनेपाल नगरपालिकाका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार मध्यनेपाल नगरपालिका बन्द गरेका छन् । तनहुँको दमौलीबाट मध्यनेपालको दुईपिप्ले हुँदै भोर्लेटार लगायत अन्यत्र जाने, भोर्लेटारबाट मध्यनेपाल हुँदै जिल्लाका विभिन्न ठाउँ जाने, सदरमुकाम बेंसीसहर आउनेजाने तथा ग्रामीण सडकमा गुड्ने यातायात सञ्चालनमा स्थानीयले रोक लगाएका छन् । गन्तव्यका लागि छुटेका सवारीलाई उनीहरुले रोकेर राखेका छन् । बन्दकर्ता स्थानीयले दुईपिप्ले बजारको चोकमा उभिएर वा बसेर विरोध गरेका छन् । मध्यनेपाल नगरपालिकालाई भोर्लेटार नगरपालिकासग गाभ्न र केन्द्र भोर्लेटार राख्न जिल्लास्थित प्राविधिक सहयोग समितिले सिफारिस गरेको विरोधमा नगरपालिका बन्द गरेको उनीहरुले बताएका छन् । मध्यनेपाल नगरपालिकालाई यथावत र केन्द्र पनि मध्यनेपालको दुइपिप्ले नै हुनुपर्ने माग गर्दै उनीहरुले स्थानीय रामचन्द्र पराजुलीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । समितिका संयोजक पराजुलीले नगरपालिका र केन्द्र यथावत राख्न राजनीतिक दल र प्राविधिक सहयोग समितिसंग अनुरोध गरिएपनि सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले गतवर्ष असोजमा ५ गाविसलाई समेटेर मध्यनेपाल नगरपालिका घोषणा गरेको थियो । त्यतिबेला जिता, तान्द्राङटक्सार, सूर्यपाल, समीभञ्ज्याङ र रम्घा गाविसलाई समेटेर मध्यनेपाल नगरपालिका बनाइएको थियो । नगरपालिका कार्यान्वयनमा आएसँगै विकास निर्माणका कार्य विस्तारै अघि बढ्न थालेका बेला नगरपालिका टुक्र्याउने र अपायक ठाउँमा केन्द्र बनाउने प्रस्ताव गरेको भन्दै आन्दोलनमा उत्रिएको पराजुलीले बताए । स्थानीयको बन्दका कारण मध्यनेपालका बजार, संघसंस्था तथा यातायात बन्द छन् । स्थानीय तह पुनर्संरचना अन्तर्गत लमजुङबाट ८ वटा मुख्य प्रस्तावित तह र ८ वटै वैकल्पिक प्रस्ताव गरिएकोमा दुवै प्रस्तावित खाका अनुसार १२ वटा वडा रहने गरी मध्यनेपाल नगरपालिका र करापुटार नगरपालिका मिलाएर मध्यनेपाल नगरपालिका र केन्द्र हालको करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार प्रस्ताव गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis