Incident Reports

भरुवा बन्दुक बरामद |

2016-12-09

Karnali, Rukum West, Banfikot

पिपल गाबिस–५ स्थित भेरी खोला जंगलबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक १ थान बरामद गरेको छ । प्रहरी चौकी पिपलबाट गस्तीमा खटिएको प्रहरी टोली शुक्रबार उक्त स्थानमा पुग्दा भरुवा बन्दुक बोकेका व्यक्तिले प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त बन्दुक छाडेर भागेका थिए । फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments