Incident Reports

बालुवा झिक्ने क्रममा पेस्तोल फेला

2016-12-11

Gandaki, Syangja, Galyang, Ward 7

स्याङ्जामा आँधीखोला बगरमा बालुवा झिक्ने क्रममा पेस्तोल फेला परेको छ। वालिङ नगरपालिका–४ का ३१ वर्षीया लेखबहादुर खत्रीले पेलाकोट गाविस–७ डुक स्थित आँधीखोला बगरमा बालुवा झिक्ने क्रममा आइतबार दिउँसो पेस्तोल भेटाएका हुन्। बालुवा खोतल्दै र चाल्दै जाँदै पेस्तोल भेटाएपछि खत्रीले वडा प्रहरी कार्यालय वालिङमा खवर गरेको बताए। घटनास्थल पुगेको प्रहरीले सो पेस्तोल अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। ‘मेड ईन युएसए व्रेटा वेसावुद’ लेखिएको पेस्तोल पुरानो र हाल प्रयोगमा नआउने खालको रहेको प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले जानकारी दिए। करिब ८/१० वर्ष पुरानो जस्तो देखिने सो पेस्तोलमा खिया लागेको छ भने माओवादी जनयुद्धका समयमा कुनै पक्षले लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ।

0 Comments