Incident Reports

रुपन्देहीमा पनि तीनदिने आमहड्ताल

2016-12-16

नम्बर प्रदेश टुक्र्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावविरुद्ध शुक्रबारदेखि रुपन्देहीमा तीनदिने आमहड्ताल आव्हान भएको छ । आन्दोलनको केन्द्रविन्दु बनेको बुटवलका चोकचोकमा दलमा आबद्ध प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रद्धर्शन गरेका छन् । आमहड्तालका कारण यहाँको पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् । अवरोधका कारणभित्री तथा हुलाकीमार्गमा पनि सवारीका साधन चलेका छैनन् । बुटवलको बजार, शैक्षिक संस्था, उद्योग व्यवसाय पनि ठप्प छन् । बन्दका कारण जनजीवन प्रभावीत बनेको छ । सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी सञ्चारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis