Incident Reports

गुल्मी झडपमा सांसदसहित २ दर्जन घाइते, दुई गाडीमा आगजनी

2016-12-16

Lumbini, Gulmi, Resunga

प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६-१-०-७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो । दमन गरेको भन्दै प्रजिअको सरुवा माग -------------------------------- आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् । नेकपा एमालेका नेता एवम् गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबारै जिल्ला सदरमुकाम आइपुगेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् । उनीहरुले बन्दको विकल्प खोज्न आन्दोलनकारीलाई आग्रह गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 200
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 12
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media , INSEC , Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis