Incident Reports

चन्द माओवादीले आह्वान गरेको बन्दको प्रभाव न्यून, ११ बन्दकर्ता पक्राउ

2016-12-22

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको उपत्यका बन्दको न्यून प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि गाडीको आवतजावत सामान्य छ । केही निजी विद्यालय बन्द भए पनि अधिकांश विद्यालय खुला रहेका छन् । उद्योग, कलकारखाना पनि सामान्य अवस्थामै सञ्चालनमा रहेका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन यातायात व्यवसायी र सवारी चालकलाई अनुरोध गरेको छ । यसैबीच बन्द गराउन हिँडेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारबाट ५ जना, बबरमहलबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा चन्द नेतत्वको माओवादीका जनवर्गीय संगठनले आज उपत्यका बन्दको घोषणा गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 11
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments