Incident Reports

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा ८१ वर्षीय दलितको जोडी गाउँ निकाला

2016-12-16

Lumbini, Gulmi, Kaligandaki, Ward 2

अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेको पीडित पक्षको आरोप छ । अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेको पीडित लालबहादुरका ३७ वर्षीय छोरा अनुज सुनारले बताए । गाउँ निकालाको कागजमा दुवै जनालाई जबरजस्ती औँठा छाप गर्न लगाई गाउँ निकला गरिएको उनले बताए । पीडित सुनार कुटाई खाएको पाचौँ दिनसम्म पनि हिँड्न नसक्ने अवस्थामा रहेको पीडितका छोरा अनुजले बताए । उनको गोडामा लाठी प्रहारका कारण बनेका निल डामहरू रहेको पनि उनले बताए । उनीहरू दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएर गाविसमा पुर्‍याई गाउँ निकाला गर्ने कागजी निर्णय गराएको स्वयम् चिन्तमणी न्यौपानेले स्वीकार गरे । उनले भने-‘आफूले मात्र नभएर गाउँका सय-ढेढ सय जनाले गाउँ निकाला गर्ने निर्णय गरेको हो ।’ पीडित लालबहादुरको घर पनि भत्काइएको पीडित पक्षको आरोप छ । स्थानीयको ठूलो समूहले धम्क्याउँदै जलाउँ कि भत्काउँछस भनेपछि आफूले उनीहरूकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उजुरी दिन सदरमुकाम आएका छोरा अनुजले बताए । गाउँलेको डरले वन पसेका पीडित दुवै जनालाई उनका छोरा र आफन्तजनले दुई दिनपछि घरदेखि धेरै टाढाको बिच जङ्गल र अनकन्टार भिरमा भेटाएका थिए । दुई दिन दुई रात सम्म जंगलमा बसेका उनीहरूलाई त्यहाँका दलितहरूले गाउँ फर्काए पनि बस्ने बास र खाने गास नहुँदा ती दुवै विचल्लीमा परेका छन् । गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन् विकले भने-‘त्यत्रो गाउँ घोप्टिएपछि म बोल्न सक्ने कुरै भएन हस्ताक्षर गर्न बाध्य भएँ ।’ घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पीडित पक्षले जाहेरी दिए घटनाको सत्य तथ्य बुझेर दोषी ठहरिए कारबाही हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले तत्काल पुर्तिघाट प्रहरी चौकीलाई घटनाको बारेमा सत्य तथ्य बुझ्न पठाएकाले बुझेर कारबाही गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Banishment/shunning
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , National/Online Media , Local Newspaper - Rupandehi

0 Comments