Incident Reports

बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते

2016-12-22

Bagmati, Bhaktapur, Madhyapur Thimi

Sabina KC नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी मित्रबन्धु शर्माले बताए । निधारमा चोट लागी घाइते भएका माझीको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी बन्दकर्ताले राधेराधेमै बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी कारको सिसा फुटाएको प्रहरीले जनाएको छ । बन्द गराउँदै हिँडेको आरोपमा भक्तपुरको सूर्यविनायकबाट माओवादी निकट मजदूर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहको भक्तपुर जिल्ला सचिव कुशल बोगटी र अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पेट्रोलीयम पदार्थको मूल्य वृद्धिलगायतको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पुस ७ गते उपत्यका बन्दको आह्वान गरेको थियो । उपत्यकामा बन्दको प्रभाव समान्य रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other economic issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 2
INSEC

0 Comments