Incident Reports

सांसदको ‘दबाब’ मा सेवा केन्द्र

2016-12-22

Madhes, Sarlahi, Malangawa

अपायक स्थानमा सेवाकेन्द्र तोकिएको भन्दै जिल्लाका निर्वाचन क्षेत्र नम्बर ६ का स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बुधबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरे । सीमावर्ती बलरा गाविसमा सेवा केन्द्र राख्ने निर्णयप्रति २४ गाविसका बासिन्दा असन्तुष्ट छन् । यसअघि मध्यभागमा पर्ने डुमरियामा सेवा केन्द्र राख्ने निर्णय भए पनि दबाबमा बलरा पुर्‍याइएको उनीहरूको आरोप छ । स्थनीयले निर्णयको विरोधमा नाराबाजी गर्दै नगर परिक्रमा गरे । सांसद अमरेश सिंहले आफ्नै गाविसमा सेवा केन्द्र लैजान दबाब दिएको उनीहरूको भनाइ छ । विरोध र्‍यालीमा ६ नम्बर क्षेत्रकै समानुपातिक सांसद कमलादेवी महतो, केदारनन्दन चौधरी र अम्रिका देवी पनि सहभागी थिए । सबै राजनीतिक दलले पनि अपायक स्थानमा सेवा केन्द्र राख्न नमिल्ने भन्दै विरोधमा ऐक्यबद्धता जनाएका छन् । खेर्वाका नन्दकुमार यादवले सीमाक्षेत्रमा सेवा केन्द्र राख्दा क्षेत्रका सबै गाविसका जनताले दु:ख पाउने बताए । ‘राजनीतिक दबाबका भरमा जनतालाई अप्ठेरो पार्ने काम सांसदले गर्नै नमिल्ने हो,’ उनले भने, ‘सबै गाविसको भोटले जितेको मान्छेले आफ्नै गाविसमा मात्र सुविधा लैजान खोज्नु राम्रो हैन । मध्य भागमा जहाँ राखे पनि हुन्छ ।’ जुलुस प्रदर्शनपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । पत्रमा जनतालाई कष्ट हुनेगरी तोकिएको सेवा केन्द्र खारेज गर्न माग गरिएको छ । एमाले सांसद महतोले पहुँचका भरमा जनतालाई अन्याय हुने निर्णय गराउनु गैरराजनीतिक चरित्र भएको बताइन् । सेवाकेन्द्रका बलरामा राखिएकामा सिंहको पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्ता समेत चिढिएका छन् । धनकौलका कांग्रेस महासमिति सदस्य सुरेन्द्रप्रसाद सिंहले बलरामा कुनै हालतमा सेवा केन्द्र स्वीकार्न नसकिने वताए । ‘मेरो गाउँबाट बलरा २६ किलोमिटर टाढा पर्छ,’ उनले भने, ‘सदरमुकाम मलंगवाभन्दा टाढा पर्ने भएपछि हामीलाई झन् अप्ठेरो पर्ने भयो । मध्यभागम सेवाकेन्द्र पर्ने गरी अर्को निर्णय गर्नुपर्छ ।’ तमलोपाका सांसद केदारनन्दन चौधरीले जनतालाई सुविधा पुग्ने काम गर्नुपर्ने नेता नै दु:ख दिन तल्लीन भएकाले विरोधमा उत्रिएको बताए । पूर्वसांसद शिवपुजन रायले सेवा केन्द्र पायक पर्ने स्थानमा नराखेसम्म विरोध प्रदर्शन जारी रहने जानकारी दिए । ‘सेवाकेन्द्र भारतीयका लागि होइन, त्यसैले बीच भागमा जहाँ राखे पनि मान्छौं तर सिमानामा कुनै हालतमा हुँदैन,’ उनले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis