Incident Reports

हात्ती पीडित आन्दोलित

2016-12-26

कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् । सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन् । सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जङ्गली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले बताए । हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उहाँले बताए । वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ । “अझै १३० भन्दा बढी निवेदन परेका छन् ।” वन अधिकृत शर्माले भने– “पीडितको पहिचान हुने काम भइरहेको छ ।” वनको नियम अनुसार पीडितलाई रु तीन हजारदेखि बढीको रु १० हजारसम्म क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको वन कार्यालयले जनाएको छ । “विद्युतीय उपकरण जडान गरेर हात्ती रोक्न सके हुन्थ्यो, यसका लागि हामीले माथिल्लो निकाय र दातृ निकायलाई पनि गुहार गरेका छौँ ।”
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments