Incident Reports

आन्दोलनले ओपीडी बन्द

2016-12-27

Gandaki, Kaski, Pokhara Lekhnath

गोपीप्रसाद हिराचनले भने, ‘प्रशासनले माग पूरा गर्नैपर्छ ।’ साढे ४ वर्षदेखि तलब वृद्धि नभएको र २४० दिन काम गरिसकेपछि स्थायी गरिनुपर्नेमा नभएको उनले बताए । २०६९ फागुन १३ मा प्रत्येक दुई वर्षमा तलब समायोजन गर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनको भनाइ छ । कलेजले चिकित्सकद्वय बिनम्र बस्नेत र बिबेक रञ्जितको करार नथपेपछि आन्दोलन सुरु गरिएको हो । ओपीडी सेवा बन्द गरेका चिकित्सकले अहिले आकस्मिक कक्षमा आएका बिरामी पनि भर्ना हुन रोकेका छन् । कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले आन्दोलनरत पक्षसँग छलफल गरी समसामयिक विषयलाई सम्बोधन गर्न तयार रहेको बताए । ‘अस्पतालको सेवा अत्यावश्यकीय भएकाले बन्दहडताल गर्न पाइँदैन । समस्याको समाधान छलफलबाट गरौ भन्दा उहाँहरू आउन मान्नुभएको छैन,’ उनले भने, ‘कसैलाई पनि ननिकालिएको र काम सन्तोषजनक नभएपछि करार नवीकरणलाई निरन्तरता नदिइएको हो ।’ वार्ताका लागि दुईपटक अपिल गरिएको र तलब वृद्धिका लागि गृहकार्य गर्न ३ साताको समय माग्दा पनि आन्दोलनरत पक्ष नमानेको खनालले बताए । बस्नेतले बुझारथ गरी गइसकेको अवस्थामा पनि पुनर्बहालीको माग गर्नु जायज नभएको उनको तर्क छ । कलेज र अस्पतालमा ७ सयभन्दा बढी कर्मचारी छन् । कहिलेकाहीं तलब दिन ढिला भएको स्विकार्दै खनालले तलब नरोकिएको स्पष्ट पारे । अस्पतालमा ५५० बेड छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments