Incident Reports

गाउँपालिका माग्दै चौकी घेराउ

2016-12-27

भूगोलमा नेपालकै ठूलो गाविस काँडालाई छुट्टै गाउँपालिका माग्दै स्थानीयले धुलीको सीमा प्रहरी चौकी घेराउ गरेका छन् । उनीहरूले छुट्टै गाउँपालिका नबनाए चौकी गाउँमा बस्न नदिने चेतावनीसमेत दिए । चौकीमा नारा लगाउँदै आफूहरूलाई सरकारी कार्यालय हुनु र नहुनुमा कुनै फरक नभएको स्थानीय माथवीर रोकायाले बताए । प्रहरी चौकी र गाविसमा रहेका अन्य सरकारी कार्यालय पनि तत्काल हटाउन दबाब दिएका थिए । करिब डेढ सय स्थानीय भेला भएर चौकी घेराउ गरेको जिल्ला प्रहरीले जनाएको छ । काँडा गाउँपालिका संघर्ष समितिले सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी तथा अन्य सरकारी कार्यालयका कर्मचारीलाई रासन लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध नगराउने निर्णय गरेको छ । गाविसका कुनै पनि व्यापारीले सामान बिक्री गरेको पाइए २० हजार रुपैयाँ जरिबानाको निर्णय गरेको संघर्ष समितिका संयोजक मानबहादुर बोहराले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis