Incident Reports

सदस्यता नपाएको भन्दै पत्रकार महासंघ कपिलबस्तु शाखामा ताला l

2016-12-28

नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै कपिलवस्तुका पत्रकारहरुले महासघंको शाखा कार्यालयमा ताला लगाएका छन् । कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने भन्दै महासंघ कार्यालयमा ताला लगाएका हुन् । कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार बर्माले वताएका छन् । महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments