Incident Reports

चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2017-01-01

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा आइतबार दायर मुद्दामा यादवका अतिरिक्त भण्डार शाखा प्रमुख राजेश्वरप्रसाद बौरिया, बिर्ता उपस्वास्थ्य चौकीका इञ्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इञ्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार उनीहरूले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल, फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली बिल भर्पाइ प्रतिवेदन दाखिला गरेको पाइएकाले मुद्दा दायर गरिएको हो । खरिद नगरेको बिल बिजक जारी गरेको र ती बिलसमेत सम्बिन्धत स्थानमा नबुझाएको देखिन आएकाले बिगोसमेत असुलउपर गरी कानुनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

0 Comments