Incident Reports

हत्याको विरोधमा कर्मचारी आन्दोलित

2017-01-02

Province 1, Taplejung, Mikwakhola

ताप्लेजुङस्थित इलाका वन कार्यालय खोक्लिङमा कार्यरत गणेश शाहीको हत्या भएको विरोधमा यहाँका सरकारी कर्मचारीहरु आन्दोलित भएका छन् । हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै सोमबार ताप्लेजुङकका सरकारी कर्मचारीले दुई घण्टा कार्यालयको कामकाज पूर्ण रुपले ठप्प पारेका हुन् । जिल्लामा रहेका विभिन्न पेसागत कर्मचारी संघसंगठनको आहृवानमा सोमबार बिहान १० बजेदेखि मध्यान्न १२ बजे सम्म पेनडाउन गरी कर्मचारीले कामकाज ठप्प पारेका थिए । आइतबार कार्यक्षेत्र अन्तर्गत रहेको ताप्लेजुङको खोक्लिङ गाविसमा जागरकोटको दशेरा गाविस ८ निवासी शाहीको निर्ममतापूर्वक हत्या भएको थियो । कार्यक्षेत्रमा खटिएका शाहीको ताप्लेजुङमा भएको निर्मम हत्यापछि निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, स्थानीय विकास कर्मचारी संगठन र गाविस सचिव हकहित संरक्षण केन्द्र संयुक्त रुपमा आन्दोलित भएका हुन् । उनीहरुले संयुक्त तथा फरक फरक प्रेस विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र मृतकका परिवारलाई सरकारले उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकलाई राष्ट्रसेवक सहिद घोषणा गर्नुपर्ने र सरकारले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको सुरक्षाको व्यवस्था गर्नुपर्ने माग समेत राखेका छन् । सोमबार बिहान ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीलाई सुरक्षाको प्रत्याभुति हुनेगरी सुरक्षा दिन माग गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपालले माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख दानबहादुर श्रेष्ठले कार्यक्षेत्रमा भएको कर्मचारीको हत्याले अब कर्मचारीहरु गाउँमा गएर काम गर्ने सक्ने स्थिति नभएको बताए । निजी र सामुदायिक वनको सीमाना विवादले उग्र रुप लिएपछि भएको झगडामा शाहीको हत्या भएको थियो । स्थानीय सबिन लिम्बुले शाहीको घाँटी रेटेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । लिम्बुलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए । कर्मचारी हत्याकै विरोधमा छिमेकी जिल्ला पाँचथरका कर्मचारी पनि आन्दोलित भएका छन् । पाँचथरका कर्मचारीले हत्याको बिरोधमा मंगलबार एक घण्टा पेनडाउन गरी सरकारी कार्यालयको कामकाज ठप्प पार्ने निर्णय गरेको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन पाँचथरका उपाध्यक्ष पशुपती कट्टेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments