Incident Reports

कुलमानको समर्थनमा प्रदर्शन गर्दा राजधानीबाट ३७ जना पक्राउ

2017-01-03

Bagmati, Kathmandu, Kathmandu

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा निकालिएको जुलुसमा सहभागि ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उज्यालो अभियान’ को नाममा राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले बाटो अवरोध गर्न खोजेपछि ३७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुलाई नेपाल पुलिसक्लब भृकुटीमण्डप, महानगरीय प्रहरी बृत्त वानेश्वर र सिंहदरबारमा राखिएको छ । ऊर्जामन्त्रालयले नेपाल लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको भन्दै तीन सञ्चालक समिति सदस्यलाई हटाउने निर्णय गरेकोमा सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर कुलमानका समर्थकहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने, कुलमानलाई काम गर्न दिनुपर्ने, तीन सञ्चालकलाई कारबाही गरिनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments