Incident Reports

तलब वृद्धिको माग गर्दै विद्यालयमा तालाबन्दी

2016-12-23

Madhes, Parsa, Pokhariya

जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियामा अध्यापन गर्दै आएका पिसिएफतर्फ ६ जना शिक्षकले तलब वृद्धिको माग गर्दै विद्यालय प्रशासन कक्षमा शुक्रवार तालाबन्दी गरेका छन् । उक्त माविमा पिसिएफतर्फ २०६५ कात्तिक २५ गते ५ हजार रुपैयाँ मासिक तलब खानेगरी ६ जना पिसिएफ शिक्षक भर्ना भएका थिए । २०७२ साउनमा सरकारले मासिक ५ हजार तलबलाई घटाएर १ हजार ७ सय रुपैयाँमा झारेको थियो । विद्यालयले सो अवधिदेखि आन्तरिक आयस्रोतबाट पिसिएफ शिक्षकहरूलाई मासिक ५ हजार रुपैयाँ तलब दिंदै आएको पिसिएफ शिक्षक अनिल गिरीले बताए । गिरीले २०७३ साउनदेखि कम्तीमा १० हजार रुपैयाँ मासिक तलब दिनुपर्ने माग राख्दै आहरूले आज प्रशासन शाखामा तालाबन्दी गरेको बताए । उनले तलब वृद्धि नगरुन्जेल प्रशासनमा लगाएको ताला नखोल्ने जानकारी गराए । शिक्षक गिरीले यसबारेमा विद्यालयका प्रअ व्यास महतोको ध्यानाकर्षण गराउँदा उनले पुस १५ गते अभिभावक भेला डाकेको र सो भेलामा विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने हुँदा बैठकमा तलब वृद्धिबारे कुरा राख्ने आश्वासन दिएको बताए । तालाबन्दी गरेका शिक्षकहरूले आजदेखि पठनपाठन पनि ठप्प पारेका छन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू शिक्षकहरूको कारण मर्कामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments