The Paralegal professional's association of Parsa have been agitated over Parsa District Administration Office's decision to remove paralegal professionals from the premises of DAO.
The paralegal professionals took out a protest rally from the DAO premises as a part of their agitation. They have demanded the DAO to provide them space within the DAO premises to carry out their work.
विभिन्न सरकारी कार्यालयहरुमा दलाली प्रथा मौलाउदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साको परिसरबाट लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्सा आन्दोलनमा उत्रेको छ। सर्वप्रथम जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा रहेका लेखापढी व्यावसायीहरुलाई हटाएपछि बढी दलाली हुने यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय पर्साको परिसरमा रहेका लेखापढी व्यावसायीहरुलाई हटाउन प्रयास भएपछि लेखापढी व्यवसायीहरु आन्दोलित भएका हुन्।
जिल्ला प्रशासन् कार्यालय पर्साको लेखापढी व्यवसायीलाइ कार्यालय परिसरबाट हटाउने निर्णयको विरोध गर्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साले जुलुस प्रदर्शन गरेको छ। आफुहरुलाई कार्यालय काममा सहजीकरण हुने गरि कार्यालय परिसरमै व्यवस्थित रुपमा बसेर जनताको काम गर्न सघाउन दिनुपर्ने माग गर्दै जुलुसमा सहभागी लेखापढी व्यवसायीहरुले जिल्ला प्रशासनको विरोध गरेका छन्।
लेखापढी कानुन व्यवसायी असोसीएसन पर्साको अध्यक्ष रामाधार प्रसाद कलवारको अगुवाईमा मालपोत कार्यालयको परिसरबाट निस्केको जुलुस नगर परिक्रमा गरि घण्टाघर कोण सभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै आध्यक्ष रामाधार प्रसाद कलवारले आफुहरुलाई सरकारले लाइसेन्स दिएर सरकारी कार्यालयहरुमा सरोकारवालाहरुको काममा सहजीकरण गर्न भनेर अनुमति दिएकोमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले दलालको आरोप लगाई लालछना लगाउनु दु: खद भएको बताउनु भयो। "हामी सरकारी कार्यालयमा अशिक्षित सेवाग्राहीलाई सेवा प्रदान गारी समाजसेवा गरेको उनले बताए. कोण सभालाई लेखापढी व्यवसायी एसोसिएसेनका पुर्व अध्यक्ष शम्भु मिश्रा, जादोलाल साह कानु, परमानन्द साह कानु लगाएतले सम्बोधन गरेका थिए। जुलुसमा मालपोत कार्यालय पर्सा लगायतका कार्यालयहरुमा कार्यरत लेखापढी व्यावासयोहरुको सहभागिता रहेको थियो।