Incident Reports

युवा संघद्वारा विरगंजमा प्रदर्शन

2016-12-20

Madhes, Parsa, Birgunj

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले विरगंजमा पनि मंगलबार प्रदर्शन गरेको छ। युवा संघका नेता कार्यकर्ताहरुले विरगंजको घण्टाघर चोकमा मंगलबार दिउँसो एक बजेदेखि दुइबजेसम्म एकघण्टा चक्काजाम गरेका हुन्। युवा संघका नेता कार्यकर्ताहरुले विरोधमा नाराबाजी गर्दै धर्ना पनि दिएका थिए। प्रदर्शनमा एमालेका युवा नेता उमेश गुप्ता, युवा संघका नगर अध्यक्ष इमरान हुसेन, शिवजी गुप्ता, सन्तोष पासवान, विकास रौनियार लगायतको सहभागिता रहेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 24
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments