Incident Reports

सीमा प्रहरी चौकिमा आगजानी

2017-01-10

चीनको तिब्बतसँग सीमा जोडिएको काँडा गाविस तीन दिनदेखि तनावग्रस्त छ । छुट्टै गाउँपालिका माग गर्दै ४ महिनादेखि आन्दोलनरत स्थानीयले माग पूरा नभएको भन्दै सीमा प्रहरी चौकीमा आगजनी गरेपछि तनाव भएको हो । उनीहरूले गाविस परिषद् समेत बहिष्कार गरे । चौकी घेराउ गरेर गाविस छोड्न प्रहरीलाई दबाब बढाएका छन् । आक्रोशित स्थानीयले प्रहरी चौकीमा आगजनी गरे पनि खासै ठूलो क्षति भएको छैन । स्थानीयले भान्सा रहेको टहरा जलेर ध्वस्त भएको बताएपनि जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले आक्रोशित व्यक्तिले हिर्काएको ढुंगा लागेर चौकीको साइनबोर्डमा मात्र क्षति पुगेको बताए । स्थितिलाई नियन्त्रणमा लिन सदरमुकामबाट प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जनाको टोली त्यता परिचालन गरेको उनले बताए । बुधबार बिहान सदरमुकामबाट हिँडेको प्रहरी टोलीलाई गाविसमा प्रवेश गर्न नदिने गाउँपालिका संघर्ष समितिका संयोजक मानबहादुर बोहराले बताए । ‘हामी प्रहरीलाई कुनै पनि हालतमा गाउँ प्रवेश गर्न दिँदैनौं । जबरजस्ती गर्न खोजे त्यसबाट हुने क्षतिको जिम्मेवार आफैं हुनेछन्,’ उनले भने । उनीहरूले यसअघि सदरमुकाम गएर जिविसमा नागरिकता बुझाएका थिए । त्यहाँको काममा पनि अवरोध पुर्‍याउँदै आएका थिए । स्थानीय तह पुन:संरचना आयोगले छुट्टै गाउँपालिका दिने आश्वासन दिएर आफूहरूलाई झुक्याएको भन्दै उनीहरू अहिले थप आक्रोशित भएका हुन् । छुट्टै गाउँपालिका माग्दै काठमाडौं पुगेको टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले छुट्टै गाउँपालिकाको आश्वासन दिएर फिर्ता पठाएका थिए । उनीहरूलाई आयोग कर्मचारीले पनि आश्वासन दिएका थिए । तर केही दिन अघि सार्वजनिक आयोग प्रतिवेदनमा काँडा नपरेकाले थप आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । जिल्लाकै झन्डै ४७ प्रतिशत भूभाग ओगटेको भए पनि यस गाविसको जनसंख्या भने २ हजार १ सय ८२ मात्र छ । गाविसबाट यस अगाडि तोकिएको तल्कोट गाउँपालिकाको केन्द्रसम्म पुग्न ३ दिन सम्म पैदल हिँड्नु पर्छ । आयोगले गरेको सिफारिसमा जिल्लामा २ नगरपालिका र ९ गाउँपालिका हुने भए पनि काँडालाई तल्कोटमै समावेश गरिएको प्रतिवेदन सार्वजनिक भएपछि स्थानीय फेरि अन्दोलनमा उत्रेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis