Incident Reports

डा केसीको समर्थनमा र्‍याली l

2016-12-01

Madhes, Parsa, Birgunj

चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको भ्रस्टाचार न्युनिकरणका लागि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा र्‍याली निकलेका छन्। विरगन्जको घण्टाघरबाट निकलिएको र्‍याली माइस्थान चोक,आदर्शनगर चोक र नारायणी आस्पातलमा आधा घण्टाको लागि रुक्दै प्रतिकात्मक रुपमा विरोध जनाएको थियो। सामाजिक युवा अभियन्ता सुबिर घोषको नेत्रित्वमा आयोजना गरिएको उक्त र्‍यालीमा जसपाल सिंह, मुन्ना सराफ, प्रज्वल पोखरेल, विकी महतो, अभिनाश झा, लालबाबु सिंह, सरोज चौरसिया लगायत समाजसेवी, बुद्धिजिवी, विधार्थी तथा अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो। नारायणी उपक्षेत्रीय आस्पताल आयोजित कोण्सभालाई सम्बोधन गर्दै उपस्थित व्यक्तिहरुले गोबिन्द केसीका माग जायज रहेको बताउँदै उनको जीवन रक्षा गर्न सबै लाग्नु पर्ने बताएका थिए। चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै केसी १० पटक अनशन बसेको बिहीवार १९ दिन भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments