Incident Reports

सेवाग्राहीद्वारा यातायात कार्यालय घेराउ

2017-01-16

Bagmati, Lalitpur, Lalitpur

सेवाग्राहीले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वाग्मती एकान्तकुनाका कर्मचारीहरूको लापरबाहीका कारण ४ दिनदेखि सास्ती खेप्नु परेको भन्दै नाराबाजी र तोडफोड गरेका छन् । सेवाग्राहीका अनुसार कार्यालयले शुक्रबार बिग्रिएको स्मार्ट कार्ड कम्प्युटरको सर्भर सोमबारसम्म बनिसक्ने आश्वासन दिएको थियो । लाइसेन्स लिन राति ३ बजेदेखि लाइनमा लागेका सेवाग्राही सोमबार बिहान ७ बजे सर्भर नबनेको भन्दै मुख्य भवनको गेट बन्द गर्दा आक्रोशित बनेका थिए । उनीहरूले तत्काल समस्या समाधानको माग गर्दै केहीबेर चक्रपथमा चल्ने गाडी ठप्प पारे । महानगर यातायाताको बा४ख १३३ नम्बरको गाडीको सिसासमेत फुटाए । सेवाग्राहीका अनुसार सिसा फुटाएको आरोपमा पक्राउ परेका नवराज अधिकारी नवलपरासीबाट लाइसेन्स लिन आइतबार राजधानी आएका थिए । सर्भर डाउनसँगै नयाँ लाइसेन्स दर्ता प्रक्रियादेखि अरू वर्ग समावेश गर्ने, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, नवीकरण, प्रतिलिपि, मेडिकल रिपोर्टलगायत काम ठप्प भएको छ । सेवाग्राहीले घेराउ गर्न थालेपछि कर्मचारीहरू कार्यालय छाडेर हिँडेका थिए । नयाँ लाइसेन्स लिन फाराम भर्न आएका काभ्रेका राम तामाङले बिहान ५ बजेदेखि चिसोमा लाइन लागेको बताए । ‘सेवाग्राही उपत्यकाबाहिरबाट निश्चित दिनको छुट्टी लिएर लाइसेन्स लिन आएका हुन्छन्,’ उनले भने, ‘सरकारले सहजताका लागि अनलाइनमार्फत फाराम भर्ने व्यवस्था गरे पनि पटकपटक बिग्रिने सर्भर दिगो हुने गरी मर्मत नगर्दा सेवाग्राही हैरान बनेका छन् । यातायात मन्त्रालय, विभाग मूकदर्शक बनेको छ ।’ लाइसेन्स नवीकरणका लागि आएका एक व्यक्तिले महिनामा झन्डै ७ दिनभन्दा बढी कार्यालयको काम प्रभावित बनिसकेको बताए । ‘यसले दैनिक हजारौं संख्यामा आउने सेवाग्राही मर्कामा परेका छन्,’ ती व्यक्तिले भने, ‘कार्यालयका कर्मचारीको व्यवहारबाट सेवाग्राही हैरान छन् ।’ महानगरीय ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले सफ्टवेयर डाउन भएको नाउमा जनताले दु:ख पाउन नहुने बताए । ‘ट्राफिक व्यवस्थापनमा समेत पटकपटक समस्या हुने गरेको छ,’ उनले भने । सर्भर बिग्रिएका कारण लाइसेन्सका लागि ट्रायल, रि–ट्रायल दिन यातायात व्यवस्था विभाग पुगेका सेवाग्राही पनि प्रभावित भएका छन् । कार्यालयले पुस २९ मा लिखित परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको मंगलबारमा ट्रायल हुने जनाएको छ । पुस २९ र माघ २ मा दर्ता भएका परीक्षार्थीहरूको लिखित परीक्षा पनि मंगलबार बिहान ८ बजे हुने जनाएको छ । रि–ट्रायलको सम्बन्धमा स्कुटरको मंगलबार बिहान ८ देखि फाराम लिने, मोटरसाइकल, कार, जिप र डेलिभरी भ्यानको बुधबार लिने जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र वाग्मती एकान्तकुनाका प्रमुख तेजनारायण यादवले प्राविधिक कारणले समस्या उत्पन्न भएको बताए । ‘प्राविधिक रूपमै समस्या आएकाले यस्तो भएको हो,’ उनले दाबी गरे, ‘कम्पनीले मर्मत गरिरहेको बताउँदै बुधबारसम्ममा सर्भर बनिसक्छ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments