Incident Reports

अधुरो हुलाकी राजमार्ग मन्त्री र भारतीय राजदूतद्वारा उद्‍घाटन, विरोधमा उत्रिएका ६ जना पक्राउ

2017-01-19

विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक र भारतीय राजदूत रणजीत रायले निर्माण सम्पन्न हुन बाँकी हुलाकी राजमार्गको संयुक्त रुपमा उद्‍घाटन गरेका छन् । अधुरो राजमार्गको उद्‍घाटनको विरोध गरिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जना पक्राउ परेको वडा प्रहरी कार्यालयका प्रमुख बजिरसिंह धामीले जानकारी दिए । कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन बाँकी छ भने राजमार्गअन्तर्गतका ६ वटा पुल समेत निर्माण नहुँदै हतारमा हुलाकी राजमार्गको उद्‍घाटन गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेको वसन्ता जैविक मार्गमा सडक नबनाउ अधिकारर्मी र संरक्षण क्षेत्रवाट व्यापक विरोध भइरहँदा हतारमा गरिएको उद्‍घाटनले हुलाकी राजमार्गको भविष्य अन्योलमा परेको देखिएको छ । हुलाकी राजमार्गको रतनपुरदेखि लालबोझीसम्मको १८ किलोमिटर सडक अहिलेसम्म निर्माण हुन सकेको छैन्। ०६८मा सुरु भएको हुलाकी राजमार्ग ३ वर्षमा निर्माण सम्पन्न हुने बताइए पनि अहिलेसम्म राजमार्गको अधिकांश खण्ड निर्माण अधुरो रहेको छ । राजमार्ग उद्‍घाटन गर्दै मन्त्री लेखकले उक्त राजमार्गले सुदूरपश्चिमका तराई जिल्लाको आमूल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राजदूत रायले पनि दुई देशको सम्बन्धसँगै विकास साझेदारीमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । यस विषयमा मन्त्री रमेश लेखकले बाँकी १८ किलोमिटरको टेण्डर भइसकेको र वसन्ता जैविक मार्गका विषयमा पनि मिलाउने कुरा भइरहेको सञ्चारकर्मीलाई जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arrest (politically significant)
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kailali

0 Comments