Incident Reports

हतियार सहित पक्राउ

2017-01-19

Gandaki, Syangja, Waling, Ward 4

एलादी–९ तल्लो खाल्डे बस्ने ५९ वर्षीय नोमबहादुर गुरुङलाई १ थान भरुवा बन्दुक, ५७ थान छर्रा र करीब २ सय ग्राम बारुदसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । गुरुङले घरमा बसी बन्दुकमा गोली छर्रा भरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments