Incident Reports

कर्मचारीद्वारा सुरक्षा माग

2017-01-22

जिल्ला विकास समितिमा भएको तोडफोड र दुव्र्यवहारविरुद्ध आइतबार कर्मचारीले पेन डाउन गरेका छन् । उनीहरूले हातमा कालोपट्टी बाँधेर एक घण्टा कामकाज रोके । स्थानीय प्रशासनमा सुरक्षा प्रत्याभूतिको मागसमेत गरेका छन् । शुक्रबार चार गाविस समेटेर लिखु गाउँपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका स्थानीयले जिविसमा तोडफोड गरेर कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । त्यसैको विरोधमा पेनडाउन गरेर विरोध जनाएको नेपाल निजामती कर्मचारी संगठनका बद्री भण्डारीले बताए जिविस, प्राविधिक कार्यालय, गाविसलगायत कार्यालयमा एक घण्टा कामकाज ठप्प पारिएको हो । कर्मचारीले बुधबारसम्म पेनडाउन गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रलेले कर्मचारीलाई सान्त्वना दिँदै ‘परिस्थिति अकल्पनीय भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments