Incident Reports

सिनुरजोरालाई क्षिरेश्वर नगरपालिकामा गाभिएको विरोधमा चक्का जाम

2017-01-23

Madhes, Dhanusha, Chhireshwornath

स्थानीय निकाय पुनसंरचना आयोगले गरेको स्थानीय तहको पुनसंरचनामा क्षिरेश्वरनाथ नगरपालिकाले गाभेको विरोधमा सिनुरजोडा गाविसका स्थानीयवासीहरुले सोमबावर एक छण्टा जनकपुर ढल्केश्वर सडक खण्ड अवरुद्ध गरेका थिए । आफुहरुलाई गाउँपालिका मै राख्नुपर्ने माग गर्दै उनीहरुले दिनको १ बजेबाट २ बजेसम्म पुर्नसंरचनाविरुद्ध नारावाजी गर्दै चक्का जाम गरेका थिए । उनिहरुको चक्का जामका कारण सयौँ गाडी एक घण्टासम्म रोकिएको थियो । सरकारले पुनःसंरचना आयोगको प्रतिवेदनमा सुधार नल्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीयवासी एवं संघीय समाजवादी फोरम नेपाल धनुषाका जिल्ला सदस्य हरिनारायण यादवले चाँडै नयाँ संघर्षको कार्यक्रम सार्वजनिक गरिने जनाएका छन् । continued सिनुरजोडा गाविसलाई क्षिरेश्वरनाथ नगरपालिकामा राखेको विरोधका स्थानीयवासीहरुले मंगलबार अपरान्ह सवा घण्टा जनकपुर ढल्केबर राजमार्ग जाम गरे । सिनुरजोडा गाविसलाई जनकपुर उपमहानगरपालिकमा राख्न माग गर्दै संघिय समाजवादी फोरम नेपालका नेता हरिनारायण यादवको अगुवाइमा भएको चक्का जाम कार्यक्रम सोहनी ३ स्थित खाद्य संस्थानको अगाडी मध्यान्ह साँढे १२ बजेदेखि पौने २ बजेसम्म गरेको छ । स्थानियवासीहरुले सिनुरजोडा गाविसलाई गाउपालिका अथवा जनकपुर उपमहानगरपालिकमा राख्नुपर्ने माग गर्दै माग पुरा नहुन्जेलसम्म विरोध कार्यक्रम जारी राख्ने बताएका छन् । कार्यक्रममा सिनुरजोडा तथा सोहनीका सयौँ युवा तथा व्यवसायीको उपस्थिती रहेको जनाइएको छ । निर्णय नफेरिएसम्म आन्दोलन जारी रहने बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Trend Analysis