Incident Reports

उपमहानगरपालिका बनाउन कलैयामा प्रदर्शन

2017-01-18

Madhes, Bara, Kalaiya

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलवार कलैयामा प्रदर्शन गरिएको छ । उद्योग बाणिज्य संघको आयोजनामा श्री ३ चन्द्र माविबाट सुरु भएको जुलुशमा हजारौं सहभागी थिए । स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरको वडा २१ लाई छुट्याएर सिमरा–जितपुर उपमहानगर गाँभ्ने सिफारिस गरेपछि कलैयाबासीसहित राजनीतिक दल र उद्योग बाणिज्य संघ आन्दोलनमा उत्रेका हुन् । यस्तै, छेठौं दिन पनि विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारीका साथै १५ जना रिले अनसनमा बसे । उत्तर झिटकैयालगायत कलैयाका हजारौंको संख्यामा आएका स्थानीयले कलैयामा कुचोसहित प्रदर्शन गरेका थिए । रयालीमा कलैया सदरमुकामलाई यथावत गर, कलैया नगरपालिकालाई उपमाहानगरपालिका घोषणा गर, वडा २१ उत्तरझिटकैयालाई कलैयामा यथावत राख भन्दै नारा नारा लगाउँदै नगरको परिक्रमा गरी अनसन स्थल पुगेर कोण सभामा गरिएको थियो । अनसनमा माओवादीका पूर्वमन्त्री ज्वालाकुमारी साह, फोरम नेपालका सचितानन्दप्रसाद यादव, जिल्ला महिला संजालका बबिता जयसवाल, शिला साह, एमालेका गोरखप्रसाद यादव तमलोपाका रोशन खातुन अनशनमा बसे । यस्तै, नेपाली काँग्रेसका वीरेन्द्र किशोर सिंह, उद्योगी मनिषकुमार वर्मा, स्थानीय चुनचुनप्रसाद पटेल, सद्भावनाका महम्जान मियाँ अंसारी, प्रेस सेन्टर प्रदेश नम्बर २ का उपाध्यक्ष गम्भीरा सहनी, सदस्यहरु अनिल पाण्डे, मोहित चौधरीलगायतका अनशनमा सहभागी थिए । कलैयालाई उपमहानगर नबनाए आन्दोलन जारी रहने उद्योग बाणिज्य संघका अध्यक्ष विनोद साहले बताए । चार दशक पुरानो नगरपालिकालाई उपमहानगरपालिका नबनाएर अन्याय गरिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis