Incident Reports

नुवाकाेटमा प्रहरीद्वारा ४७ राउण्ड रबरको गोली र २२ सेल टियर ग्यास प्रहार, ३ जनालाई गोली लाग्यो, १७ घाइते

2017-01-25

Bagmati, Nuwakot, Suryagadhi

कांग्रेस नेता रामशरण महतले जागरण सभा गर्दै गर्दा आन्दोलनरत पक्ष र प्रहरी बीच झडपपछि अश्रुग्यास र रबरको गोली फायर भएको छ । उनी नेपाली काग्रेस क्षेत्र नम्बर २ नुवाकोटको जागरण सभा लिएर बुधबार यहाँ आएका थिए । कार्यक्रमस्थल वरिपरि सशस्त्र र नेपाल प्रहरी खटिएका थिए । डेढ सय मिटर पर पूर्वीभेगमा ११ दिनदेखि लिखु गाउँपालिका माग गर्दै आएका स्थानीयवासी नारा लगाउँदै थिए । नारा लगाएको केही मिनेटमा बजारको पश्चिमतर्फ भैरहेको कार्यक्रम तर्फ ढुंगा प्रहार भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले टियर ग्यास छोडेको थियो । त्यसपछि आधा घण्टा बढी आन्दोलनरत पक्षले खेतबाट ढुंगा प्रहार गरेपछि प्रहरीले थप अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए । केही समय नेता महतसहितको जागरण कार्यक्रम स्थगित भएको थियो । पछि प्रहरीले भिड नियन्त्रण गर्दै ४७ राउण्ड रबरको गोली र २२ राउण्ड टियर ग्यास फायर गरेको थियो । भीड नियन्त्रण गर्ने क्रममा एक सशस्त्रका जवान घाइते छन् । आन्दोलरपक्षका १५ घाइते छन् भने ३ जनालाई रबरको गोली लागेको छ । सूर्यमति–२ का सुजन न्यौपानेको गाला र पातामा, सोही वडाका लक्ष्मण गुणी तिघ्रामा, सूर्यमति–१ को कान्छा भण्डारीको नाकामा रबरको गोली लागेको छ । कृष्ण गजुरेल घाइते भएका छन् । सोही वडाका विकास पुलामीको खुट्टा भाँचिएको छ । थानसिङ–७ का नवराज रोक्काको हातमा चोट लागेको छ । स्थिति केही साम्य भएपछि नेता महतले बोलेका थिए । नेता महतले अनेत्र प्रहरी र स्थानीय प्रशासनले बन्द खुलाएर जीवन सामान्य बनाउने गरेको तर नुवाकोटमा त्यसो नभएकोमा आक्रोस पोखे । ‘यहाँ किन यस्तो भइरहेको छ ? के सरकारको सहयोगमा प्रधानमन्त्री पार्टीकै सहयोगमा त आन्दोलन भइराखेको त छैन ?’ उनले प्रश्न गरे । ‘जुन पार्टी सरकारमा छ । जुन पार्टी सत्तामा उही नै जनजीवन कष्टकर बनाउन लागि परेकोमा नेता महतले आक्रोश पोखे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 17
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis