Incident Reports

गाविस सचिवद्धारा अनिश्चितकालको लागि कामकाज ठप्प

2017-01-26

धनुषाका गाविस सचिवहरु अनिश्चितकालको लागि आन्दोलित भएका छन् । गएको बैशाखदेखि हालसम्मकोे प्रोत्साहन भत्ता उपलब्ध नगराएको भन्दै सचिवहरुले गाविसको छाप बिहीबार जिल्ला विकास समिति धनुषामा बुझाएका छन् । गत आर्थिक वर्षको तीन महिनाको र चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको प्रोत्साहन भत्ता उपलव्ध नगराएपछि आफूहरुले गाविसको छाप जिविसमा बुझाएको गाविस सचिब हकहित संरक्षण केन्द धनुषाका अध्यक्ष केवल कुमार दासले बताए । भोली (शुक्रबार) देखि आफूहरुले कालो ब्यानर झुण्डयाएर जिल्ला विकास समितिमा धर्ना बस्ने अध्यक्ष दासले टुडेलाई बताए । प्रोत्साहन भत्ताको लागि पटक पटक ताकेता गरेपनि जिजिसले अटेर गर्दै आएको आरोप गाविस सचिबहरुको छ । गाविस सचिबहरुको केही दिन अघि बसेको बैठकले माघ १३ गतेसम्मको अल्टिमेटम दिएको थियो । तर, जिजिसबाट कुनैै लिखित प्रतिबद्धता नआएका कारण आफूहरुले बाध्य भएर बिहीबार छाप बुझाउनुपरेको अध्यक्ष दासले थपे । जिल्लाका ७१ गविसका सचिबहरुले बिहीबार जिल्ला विकास समितिका योजना अधिकृत रामप्रसाद आचार्य कहा छाप बुझाएको उनले बताए । गाविस सचिवहरुको हालसम्मको करिब ७० लाख रुपैँया प्रोत्साहन भत्ता पाउने गरेका छन् । गाविस सचिवहरुले कामकाज ठप्प पारेपछि सेवाग्राही मर्कामा पर्ने भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 71
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments